राजनीतिक 'सरप्राइज': एमाले-माओवादी फेरि एकतातिर - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

राजनीतिक ‘सरप्राइज’: एमाले-माओवादी फेरि एकतातिर



काठमाडौं- सर्वोच्च अदालतको फैसलाले पूर्ववत अवस्थामा फर्केका नेकपा एमाले र माओवादी केन्द्रबीच फेरी एक हुने सम्भावना बढेको छ । एमालेमा बढेको तिक्तताबीच दोश्रो तहका नेताहरू प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमपछि एमालेमा बढेको ध्रुवीकरणकै कारण यस्तो सम्भावना बढेको हो ।

वरिष्ठ नेता माधव नेपाल समूह र पार्टी उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष ओलीसँग विद्रोह गर्ने तयारी गरेपछि अर्को पक्षलाई पेलेर अगाडी नबढ्न भन्दै ओलीनिकटका केहि नेताहरूले लगातार लागिरहेका छन् ।

औपचारिक रुपमा विभाजित भएको केहि दिनमै एमाले र माओवादी एक हुने सम्भावना बढ्नुमा नेपाल र गौतम समूहले पार्टीमा विद्रोहको तयारी नै रहेको स्रोतले दाबी गरेको छ । नेपाल समुहले विद्रोह गर्ने तयारी गरिरहँदा गौतम पनि निरन्तर छलफलमा रहेको बताइएको छ ।

एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल मात्रै बढेको छैन एउटा समूह प्रधानमन्त्री ओलीलाई गलाउने र एकतालाई जीवित राख्ने भन्दै दौडधुपमा छ । एकता अभियान चलाइरहेका बामदेव गौतमले पटकपटक एकता बचाउन ओलीसमक्ष आग्रह नै गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति बनाउन समेत प्रयास गर्दै आएका थिए ।

आइतबार साँझ पनि गौतम र नेपाल समूह यसको छलफलमा थिए । उक्त छलफलमा कि एकता बचाउने कि त ओली विरुद्ध विद्रोह गरेरै भएपनि पुन एकता गर्ने सहमति बनेको स्रोतको दाबी छ ।

नेपाल समुहले बहने यसको नेतृत्व गर्न गौतमलाई आग्रह गरेका थिए । सकेसम्म पार्टी एकता गर्न ओलीसँग कुरा गर्ने नभए छुट्टै तरिकाले लाग्ने सहमति बनेपछि बालुवाटार भने सरकार ढल्छ नै भन्ने अनुमानले तरंगित बनेको थियो ।

त्यसपछि विकल्प खोज्नतिर ओली समूह लागेको बताइएको छ । त्यतिमात्र होइन प्रधानमन्त्री ओलीले यसै बिषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए । विभिन्न विकल्पमा छलफल भएपछि नेपाल समुहसँग छलफल गर्ने र पार्टीको विवाद समाधान गर्ने निष्कर्ष अनुसार सोमबार ओली-नेपाल वार्ता सम्भव भएको बताइएको छ ।

स्रोतका अनुसार नेपाल समुहले ओलीले एकलौटी बैठक बोलाएर गरेका निर्णय खारेज गराउने र पार्टी एकतालाई नयाँ तरिकाले अगाडी बढाउने मुद्धा उठाउने तयारी गरेको छ । नेपाल समुहले ओलीलाई केहि सम्झौता गरेर प्रधानमन्त्री मै समर्थन गर्न सकिने सर्तमा एकताको कुरा अगाडी बढाउन लागेको समेत स्रोतको दाबी छ ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो । त्यसपछि निर्वाचन आयोगले पार्टी छुट्टै बनाउने या एकताका लागि आउने भन्नेबारे जानकारी गराएको थियो ।