फेरि गयो भूकम्पको धक्का: सर्वसाधारण त्रसित
काठमाडौं- बुधबार बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर २७ मिनेटमा दोस्रो धक्का महसुस भएको हो ।
लगातार भूकम्पको धक्का गैरहँदा सर्वसाधारण त्रसित बनेका छन् । पछिल्लो धक्काबारे विस्तृत विवरण आउन बाँकी छ ।
बिहान ५ बजेर ४२ मिनेटमा पनि लमजुङको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले लमजुङमा केहि घर भत्किएका र केहि स्थानीय घाइते भएको बताइएको छ ।