फेरी आउने गरी डिस्चार्ज भए ओली ! - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

फेरी आउने गरी डिस्चार्ज भए ओली !



काठमाडौं : छातीको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्।

पाँच दिनको चिकित्सकीय निगरानीपछि उनलाई शुक्रबार साँझ डिस्चार्ज गरिएको हो। गत सोमबार बिहान छातीमा संक्रमण देखिएपछि उनलाई महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको थियो। प्रधानमन्त्री ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउने शुक्रबार साँझ निर्णय गरेका हुन्।

उनलाई चिकित्सकहरूले एक सातापछि फलोअपमा आउने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन्। त्यसपछि उनी सरकारी निवास बालुवाटरमै आराम गरिरहेका थिए।