फेरी अर्को नयाँ युग आउदै छ : मन्त्री विष्ट (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फेरी अर्को नयाँ युग आउदै छ : मन्त्री विष्ट (भिडियो सहित)



श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लगातार जनतालाई राहत दिने काम गरिरहने बताउनु भएको छ । सरकार विभिन्न किसिमका तत्काल आम जनतामा प्रभाव पर्ने कामको आन्तरिक तयारीमा रहेको बताउँदै अब जनताले सरकारको सकारात्मक प्रभाव देख्ने बेला आएको मन्त्री विष्टले बताउनु भयो ।

मन्त्री विष्टले चाँडै सरकारले ‘प्रधानमन्त्री रोजगार योजना’ घोषणा गर्न लागेको बताउनु भयो । प्रधानमन्त्री रोजगार योजनाको आन्तरिक तयारी सरकारले गरिसकेको र चाँडै यो योजना घोषणा हुने मन्त्री विष्टको भनाइ छ । मन्त्री बिष्टले प्रधानमन्त्री रोजगार आयोजनाको घोषणा अर्को नयाँ युगको सुरुवात हुने बताउनु भयो ।

मन्त्री गोकर्ण विष्टसँग जनता टेलिभिजनका समाचार प्रमुख अरुणदेव जोशीले कार्यक्रम द भ्यूका लागि लिनुभएको अन्तरवार्ताको पूर्ण पाठको भिडियो यसै साथ संलग्न छ ।