इंग्ल्यान्डलाई झेल गरेर जिताएको आइसिसीका अम्पायरको खुलासा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

इंग्ल्यान्डलाई झेल गरेर जिताएको आइसिसीका अम्पायरको खुलासा



एजेन्सी – आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत न्युजिल्यान्ड र इंग्ल्यान्डबीच रोमाञ्चक भए पनि विवादरहित बन्न सकेन। आइसिसीको नियतमाथि नै प्रश्न उठाउने ठाउँ रहेको यो फाइनल खेलको चर्चा सर्वत्र छ ।

निर्धारित ओभर र सुपर ओभर बराबरी भएपछि बाउन्ड्रीको आधारमा इंग्ल्यान्डलाई विजेता घोषित गरेपछि कतिपयले आइसिसीको नियमको आलोचना गरेका छन्।

अन्तिम ओभरको चौथो बलमा इंग्ल्यान्डले पाएको अतिरिक्त रन त्रुटिपूर्ण रहेको आइसिसीका पूर्व अम्पायर साइमन टफेलले दाबी गरेका छन्। उनले नियोजित रुपमा इंग्ल्यान्डलाई जिताइएको पनि आरोप लगाएका छन् ।

चौथो बलमा इंग्ल्यान्डका बेन स्टोक्सले रन लिने क्रममा न्युजिल्यान्डका मार्टिन गुपटिलले डाइरेक्स हिट गर्न खोजेका थिए। तर बलले स्टम्प लागेन स्टोक्सको ब्याट्मा लाग्यो। जसले गर्दा बल बाउन्ड्री कट्यो।

बल स्टम्पटमा नलागेपछि स्कोक्स र अदिल रसिदले कुदेर २ रन लिएका थिए। कुदेर लिएको २ रन र बाउन्ड्री कटेको ४ रन गरी इंग्ल्यान्डले ६ रन पाएको थियो।

तर पूर्व अम्पयार टफेलले इंग्ल्यान्डले त्यतिबेला ५ रन मात्र पाउनु पर्ने बताएका छन्। स्टोक्सको ब्याटमा बलले लाग्दा दोस्रो रन लिनका लागि उनले ‘लाइन क्रस’ नगरेकाले १ रन मात्र दिनु पर्ने टफेलको तर्क छ।

आइसिसीका पाँच पटकका उत्कृष्ट अम्पायर टफेलले सञ्चार माध्यमहरूसंग कुरा गर्दै पाँचौ बलमा स्टोक्सको सट्टा अदिल रसिद स्ट्राइकमा हुनुपर्ने समेत बताएका छन्। तर टफेलले त्यो गल्तीले नै खेलको नतिजा नउल्टिएको भन्दै अम्पायरको बचाउ गरेका छन्।

यता इंग्ल्यान्डका निर्देशक एसले गिल्सले टफेलको दाबी खण्डन गरेका छन्। उनले खेलका दौरान ससाना घटना घट्ने बताउँदै ती घटनालाई जोडेर तर्क गर्नु उचित नभएको बताए।