फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

फाष्ट ट्रयाकको काम तीब्र गतिमा अघि बढाउन मुख्यमन्त्री भट्टको निर्देशन



धनगढी,  । प्रदेश नम्बर सातका मुख्यमन्त्री त्रिलोचन भट्टले फाष्ट ट्रयाक अन्तर्गतका सडक मर्मत तथा स्तरोन्नतीको काम द्रूत गतिमा अघि बढाउन निर्देशन दिएका छन् ।

धनगढी–स्याउने–बिपिनगर–गडसेरा दिपायल फाष्ट ट्रयाक अन्तरगत धनगढी देखि स्याउले सम्मको सडक खण्डको अवस्थामाथि चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीले सम्बन्धित निकायहरुलाई निर्देशन गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आज भएको छलफलमा मुख्यमन्त्री भट्टले सडक सुधार हुन नसक्दा आम जनताले सास्ती खेप्नु परेको भन्दै तत्कालै काममा तीब्रता दिनुपर्ने बताए ।

‘गोदावरी र धनगढी उप महानगरपालिकाले पनि यसमा सहयोग गर्नुप¥यो’ नगरप्रमुखहरुसँग मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकार यो विषयमा निकै संवेदनशील छ, हाम्रो तर्फबाट गर्नुपर्ने सबै प्रकारको पहल हामी गर्छौं ।”

छलफलका क्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले केही दिनभित्रै टोली खटाएर प्राविधिक अध्ययनको काम सम्पन्न हुने बताए ।

सडक स्तरोन्नतीका लागि सम्बन्धित सबै नगरपालिकाले बजेट विनियोजन गरे सम्भव हुने वडको भनाई थियो । छलफलमा वडले कालोपत्रे गरेपनि १० देखि १५ करोड लाग्ने जानकारी गराएका थिए ।

यो सडक योजना निर्माण हुन सकेमा साविकको सडक भन्दा तराई पहाड जोड्न १ सय १० किलो मिटर छोटो पर्ने हुन्छ अर्थात दुरी ८२ किलोमिटर मात्रै हुने छ । अहिले कैलालीको अत्तरियाबाट दिपायल पुग्न १ सय ९२ किलो मिटर लामो छ ।-बुलबुल नेपाल