लडाकुसँग बिहे गरेकी बंगलादेशकी बेगमलाई फाँसी ! - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

लडाकुसँग बिहे गरेकी बंगलादेशकी बेगमलाई फाँसी !



एजेन्सी । इस्लामिक स्टेटको एक लडाकुसँग बिहे गरेकी बंगलादेशकी शमीमा बेगमलाई फाँसीको सजाय हुन सक्ने बंगलादेशका विदेशमन्त्रीले चेतावनी दिएका छन् ।

शमीमा बेगम बंगलादेशी मुलकी ब्रिटिश नागरिक हुन् । १९ वर्षीया शमीमाले सिरिया गएर इस्लामिक स्टेटका एक लडाकुसँग बिहे गरेकी थिइन् ।

बंगलादेशका विदेशमन्त्री अब्दुल मोमिनले बीबीसीसँग कुरा गर्दै शमीमा बंगलादेश फर्किएमा फाँसीको सजायँ हुनसक्ने बताएका हुन् । उनले भनेका छन्, ‘बंगलादेशको कानुन स्पष्ट छ, आतंकवादीलाई मृत्युदण्डको सजायँ हुन्छ ।’

शमीमाले भने आफू सिरिया गएको तर कुनै पनि आपराधिक काम नगरेको बताउँदै आएकी छन् ।

शमीमा सन् २०१५ मा लण्डनबाट सिरिया गएकी थिइन् र इस्लामिक स्टेटको एक लडाकुसँग बिहे गरेकी थिइन् । त्यसपछि सन् २०१९ को फेब्रुअरी महिनामा ब्रिटेनले उनको नागरिकता रद्द गरिदिएको थियो ।

अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै व्यक्तिको नागरिकता खोस्नु गैरकानुनी मानिन्छ । यसो गरिएमा व्यक्ति राज्यविहीन हुन्छ र उसका अधिकार पनि खोसिन्छन् ।

शमीमा बेगमले ब्रिटेनको गृहमन्त्रालयको निर्णयविरुद्ध अपिल गरेकी छन् ।