बाल विकास केन्द्रलाई फर्निचर तथा शैक्षिक सामग्री वितरण - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

बाल विकास केन्द्रलाई फर्निचर तथा शैक्षिक सामग्री वितरण



लम्की ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका-६ बास्कोटीमा रहेको महुन्याल माविको प्रारम्भिक बाल विकास केन्द्रलाई सोमबार ( आज) फर्निचर तथा शैक्षिक सामग्री वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीको आर्थिक सहयोग तथा सेवक नेपाल कैलालीको कार्यान्वयनमा उक्त सामग्री वितरण गरिएको हो ।

उक्त अवसरमा विद्यालयमा संचालित प्रारम्भिक बाल विकास केन्द्रका लागि ८थान राउन्ड टेबुल, १ थान डिस्प्ले र्याक , ५३ थान कुसन, २२ मिटर कार्पेट, २२ मिटर पी. फोम, १ थान मेटरियल र्याक , १ थान सुज र्याक लगायत शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक चन्द्रीका जोशिलाई हस्तान्तरण गरिएको सेवक नेपाल कैलालीका शिक्षा विकास अधिकृत प्रेमकुमार चौधरीले बताए । उक्त अवसरमा विद्यालयलाई करिब २ लाख बराबरको सामाग्री सहयोग उपलब्ध गराइएको गुड नेवर्स इन्टरनेशनल नेपाल कैलालीका संयोजक देबेन्द्र भण्डारीले जानकारी दिए ।

गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीले लम्कीचुहा, टीकापुर नगरपालिका तथा बर्दगोरिया, जानकी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका क्षेत्रमा विगत ९ वर्षदेखि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।