निर्मला हत्या प्रकरण : छानबिन समितिमा फर्किए उपसचिव केसी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

निर्मला हत्या प्रकरण : छानबिन समितिमा फर्किए उपसचिव केसी



कैलाली । कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्त हत्या छानबीन गर्न गठन गरिएको समितिबाट सुरक्षाको कारण देखाई राजिनामा दिएका उपसचिव बिरेन्द्र केसी फेरी समितिमा नै फर्किएका छन् ।

पत्रकार सम्मेलनमार्फत समितिको काम कारवाहीप्रति असन्तुष्टि र सुरक्षाको माग गर्दै राजिनामा दिएका केसी गृहमन्त्रीसँग छलफलपछि समितिमा फिर्ता भएका हुन ।

गृहमन्त्री राम बहादुर थापा बादलले केसीको राजिनामापछि सुरक्षा समितिका पदाधिकारी, छानबीन समिति प्रमुख, गृह सचिव र सचिवालय टीमसँग पछिल्लो परिस्थितिका बारेमा गम्भीर छलफल गरेका थिए ।

आज केसीले गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफल गरेका थिए ।