स्वदेश फर्किए सन्दीप लामिछाने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

स्वदेश फर्किए सन्दीप लामिछाने



काठमाडौं– १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

सन्दीप आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् ।

आईपीएलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै बाहिरिएको थियो ।

दिल्ली शुक्रबार प्रतियोगिताबाट बाहिरिएपछि सन्दीप आइतबार स्वदेश फर्किएका हुन् ।

१२ औं संस्करणको आईपीएलमा दिल्लीले १६ खेलेकोमा सन्दीपले ६ खेल मात्रै खेल्ने मौका पाएका थिए । जसमा उनले विकेट लिए । ६ खेलमा २३ ओभर बलिङ गरेका सन्दीपले २ सय १० रन खर्च गरे ।