फर्किए मेस्सी - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

फर्किए मेस्सी



सन् २०१८ मा रसियामा भएको विश्वकप पछि लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका छैनन्। त्यसयता अर्जेन्टिनाले विभिन्न देशसँग मैत्रीपूर्ण खेल खेलेपनि मेसी टिममा परेका थिएनन्।

रसिया विश्वकपमा अर्जेन्टिनाको कप्तानी मेसीले नै गरेका थिए। तर अर्जेन्टिना प्रिक्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

२०१४ को विश्वकप र त्यसपछि कोपा अमेरिकाकाको फाइनल पुगेर पनि उपाधि जित्न बन्चित भएपछि मेसीले २०१६ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नै घोषणा गरे। पछि मेसीले सन्यास फिर्ता लिए र २०१८ को विश्वकप खेले।

विश्वकपमा पनि अन्तिम १६ बाटै यात्रा समाप्त भएपछि मेसीले अब अर्जेन्टिनाका लागि खेल्छन् कि खेल्दैनन् भन्ने सबैको चासो समेत रहेको थियो।

तर प्रशिक्षक लियोनल स्कोलानीले अर्जेन्टिनाको आगामी मैत्रीपूर्ण खेलको लागि घोषणा गरेको टोलीमा मेसीको नाम पनि अटाएको छ। जसले गर्दा अब मेसीले अर्जेन्टिनाको लागि फेरि खेलेको देख्न पाउने सम्भावना छ।

स्कोलानीले लियोनल मेसीलाई पनि टिममा बोलाइएको र उनले एक वा दुई खेल खेल्नेछन् भन्ने हेर्न बाँकी रहेको बताए।

अर्जेन्टिनाले भेनेजुएला र मोरोक्कोसँग मैत्रीपूर्ण खेल खेल्नेछ।