प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीले भने: सबै गल्ति माफ गर्दिन्छु, पार्टीमा फर्कनुस - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

प्रचण्ड-नेपाललाई प्रधानमन्त्रीले भने: सबै गल्ति माफ गर्दिन्छु, पार्टीमा फर्कनुस



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरिँदैमा ओजन नघट्ने बताउँदै दाहाल-नेपाल पक्षले फैलाउने दुर्गन्धमा आफूले अत्तर छर्कने बताएका छन्।

आफूले दाहाल-नेपाल पक्षका नेताहरुलाई पटकपटक आउन आग्रह गरेको भन्दै अहिले पनि आफूले सय खत माफ दिने बताएका छन्।

उनले अनेरास्ववियुको कार्यकर्ता भेलामा आइतबार भने,’तपाईँहरुका सबै गल्तीहरु हामी माफ गर्छौँ, सय खत माफ, हामीसँगै आउनुस्।’

उनले जीवन शर्माको गीत सापटी लिँदै पिलो निचोरिँदैमा ओजन नघट्ने बताए।

सरकारविरुद्ध दाहाल–नेपाल पक्षले लगाएको भ्रष्टाचारको आरोपमा कुनै सत्यता नभएको दावी पनि ओलीले गरेका छन्।

प्रधानमन्त्री ओलीले आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दोहोर्‍याएका हुन्। उनले भने, ‘म आफू पनि भ्रष्टचार गर्दिनँ, कसैलाई गर्न पनि दिन्न।’