फरक क्षमता भएका तथा अशक्त नागरिकलाई सहयोग सामाग्री वितरण - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

फरक क्षमता भएका तथा अशक्त नागरिकलाई सहयोग सामाग्री वितरण



जीवन विष्ट / सुखड,कैैैलाली

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ८ का फरक क्षमता भएका तथा अशक्त नागरिकलाई शनिबार सहयोग सामाग्री वितरण गरीएको छ ।

घोडाघोडी नगरपालिका वडा नम्वर ८ को आयोजनामा वडा भित्रका १४ जना फरक क्षमता भएका तथा अशक्त नागरिकलाई हुइल चियर ,लुगा कपडा तथा फलफुल वितरण गरीएको हो ।

वडा नम्वर ८ का वडा अध्यक्ष भिम वोगटीको सभापक्तिवमा भएको कार्यक्रमको प्रमुख अतिथी जिल्ला समन्वय समिती सदस्य मालति सार्की रहनु भएको थियो । कार्यक्रममा वोल्दै समन्वय समिती सदस्य  सार्कीले नगरपालिकाले फरक क्षमता भएकाहरुको लागी ठोस कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । लक्षित वर्गको क्षेत्रमा न्युन वजेटका नाम मात्रका कार्यक्रम वनाइएको बताउदै उहाले जनप्रतिनीधीहरुले अव यसमा ध्यान दिनु पर्ने तर्क दिनु भयो ।

त्यस्तै कार्यक्रममा वोल्दै घोडाघोडी सहायता केन्द्रका सचिव जर्नादन उपाध्यायले असहाय तथा फरक क्षमता भएकाहरुको हक अधिकारको लागी काम गर्न घोडाघोडी सहायता केन्द्रको स्थापना भएको बताउनु भयो ।असहायलाई सहायता प्रदान गर्ने सहायता केन्द्रको मुख्य उदेश्य रहेको बताउदै उहाले वडा नम्वर ८ ले फरक क्षमता भएका तथा अशक्त नागरिकको सम्मानको लागी कार्यक्रम गरेकोमा वडा अध्यक्ष भिम वोगटीलाई धन्यावाद दिनु भयो ।

कार्यक्रममा वडा  नम्वर ८ का अध्यक्ष भिम वोगटीले सामाजिक विकास तर्फ छुट्टाइएको फरक क्षमता भएका तथा अशक्त नागरीकलाई सम्मान कार्यक्रम अनुसार ह्युइल चियर,लुगा कपडा तथा फलफुल वितरण गरिएको बताउनु भयो । अन्य जनप्रतिनिधीहरुले सामाजिक विकास तर्फको वजेट संसोधन गरी ग्रावेलमा खर्च गरेको चर्चा गर्दै उहाले आफ्नो वडामा त्यस्तो नभएको दावी गर्नु भयो । आफुले जुन शिर्षकको कार्यक्रमको त्यही शिर्षकमा वजेट खर्च गरेको अध्यक्ष वोगटीले दावी गर्नु भयो । यस वर्ष फरक क्षमता भएका,घरवार विहीन असहायहरुको लागी धेरै कार्यक्रम ल्याउन नसकेको बताउदै अध्यक्ष वोगटीले आगामी आर्थिक वर्षमा फरक क्षमता भएका नागरिक,घरवार विहीन असहाय,एकल महिला जेष्ठ नागरिको तथ्याङ्क संकलन गरी आत्म सम्मान पुग्ने खाले विभीन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनु भयो ।