आज बहस सकिँदै, फैसलाको तयारीमा सर्वोच्च - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

आज बहस सकिँदै, फैसलाको तयारीमा सर्वोच्च



काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भैरहेको बहस आज सोमबार सकिँदैछ ।

यससँगै संसद पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्र्दै हालिएको मुद्दाको फैसला कस्तो आउला भन्ने चासोको बिषय बनेको छ ।

रिट निवेदक पक्षका अधिवक्ताहरूको जवाफी बहस पनि आज सकिँदैछ। आज २ घण्टा बहस गरेपछि उनीहरूको पानी समय सकिन्छ । उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये १ घण्टा बहस आइतबार भैसकेको छ ।

सोमबार भने वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन्। जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले राय दिनेछ। त्यसका लागि २ घण्टा समय तोकिएको छ।

एमिकसले आफ्नो राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ। यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ। फैसला कहिले दिने भन्ने जानकारी अदालतले आजै दिन सक्नेछ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई (माथि तस्बिर) रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो।

आजको प्रकिया सकिएपछि अदालत फैसलाको तयारीमा लाग्नेछ । सामान्य तरिकाले पनि अब फैसला आउन धेरै समय लाग्दैन ।