फागु पर्वको अवसरमा फुटसल प्रतियोगिता सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

फागु पर्वको अवसरमा फुटसल प्रतियोगिता सुरु



धनगढी,कैलाली ।

फागु पर्वको अवसरमा धनगढीको चटकपुरमा रहेको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको छ । चैत १ गतेदेखि नयाँ व्यवस्थापन सहित सुरु भएको डल्लुज फुटसलले फुटसल प्रतियोगिता आयोजना गरेको हो । दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापाले उद्घाटन गरे । रिबन काट्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर फुटसल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष द थापाले फुटसलको बढ्दो आकर्षणले यस्ता प्रतियोगिताहरू ऋायोजना हुनुपर्नेमा जोड दिए । उनले खेलकुदका अन्य प्रतियोगिता र फुटसल प्रतियोगिता मार्फत स्वस्थ हुनुका साथै युवाहरूलाई लगत दिशामा लाग्नबाट बचाउनका लागि फुटसल राम्रो माध्यम भएको बताए ।

भोलिसम्म आयोजना हुने फुटसल प्रतियोगितामा विभिन्न क्षेत्रका १३ वटा टिमहरूको सहभागिता रहेको छ । आज पहिलो दिन लिग चरणका विभिन्न खेलहरू सम्पन्न भएका छन् । आज भएका खेलहरूमा रम्बादेवी ट्रान्सपोर्टलाई इन्जिनियरिङ समूहले पराजित गरेको छ । एमआरको टीमले बोराडाँडी बी लाई हराउँदा मोती चोकको टीमले शक्ति युवा क्लबलाई किनारा लगायो । त्यसै गरी आयोजक डल्लुज फुटसललाई बैकर्स क्लबको टीमले पराजित गरेको छ । प्रतियोगिताको सेमिफाईनल र फाइनल खेलहरू भोलि आयोजना हुने आयोजक डल्लुज फुटसलका सञ्चालक अभेष चन्दले जानकारी दिए ।

यसअघि नै सञ्चालनमा रहेको फुटसल नयाँ व्यवस्थापन सहित सुरु भएसँगै फुटसल प्रतियोगिता आयोजना गरिएकोमा आगामी दिनमा थप प्रतियोगिताहरू आयोजना गर्ने डल्लुज फुटसलले जनाएको छ । फुटसल सहित अन्य सेवा सुविधा सहित फुटसल क्षेत्रलाई सञ्चालन गर्ने लक्ष्य राखिएको डल्लुज फुटसलको सञ्चालक समितिका अध्यक्ष उमेश विक्रम शाहले बताए ।