फेसबुक र गुगलबिरुद्ध आन्दोलन - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

फेसबुक र गुगलबिरुद्ध आन्दोलन



एजेन्सी– न्युजिल्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको आक्रमणको भिडियो कयौँ घन्टासम्म फेसबुकमा थियो । फेसबुकले भिडियो हटाउन निकै समय लगायो । यसले न्युजिल्यान्डका केही कम्पनीहरुलाई फेसबुकको विरोध गर्न बाध्य बनाएको छ । अब उनीहरुले फेसबुक र गुगलमा विज्ञापन नदिने घोषणा गरेका छन् ।

त्यहाँको एसएसबी बैंक, लोटो एनजेड, बर्गर किङ, स्पार्कजस्ता ठूला कम्पनीहरुले फेसबुकमा विज्ञापन नदिने कुरा घोषणा गरेका हुन् । उनीहरुले कहिलेसम्म फेसबुकमा विज्ञापन नदिने हुन् भन्ने चाहिँ अहिलेसम्म एकिन भएको छैन ।

१५ मार्चमा क्राइस्टचर्चमा भएको गोलीबारीमा ४९ जनाको मृत्यु भएको थियो । न्युजिल्यान्डमा यस्तो घटना भएको २९ वर्षपछि हो । आक्रमणकारीले गोप्रो क्यामेरा प्रयोग गरेर फेसबुकमा त्यसको लाइभस्ट्रिमिङ गरेका थिए । त्यो भिडियो १७ मिनेट लामो थियो जुन घटना भएपछि पनि निकै लामो समय फेसबुकमा रह्यो ।