संकटमा हरेको भारतलाई फेसबुकका संस्थापकले दिए १० मिलियन डलर सहयोग - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

संकटमा हरेको भारतलाई फेसबुकका संस्थापकले दिए १० मिलियन डलर सहयोग



काठमाडौं– महासंकटमा परेको भारतलाई फेसबुकाले राहत दिने भएको छ । महामारीले आक्रान्त भएको भारतलाई फेसबुकका संस्थापक मार्क जकरबर्गले १० मिलियन डलर मद्दतको घोषणा गरेका छन्।

जकरबर्गले फेसबुक मार्फत सहयोग घोषणा गरेका हुन् । फेसबुक मार्फत उनले भनेका छन्, ‘म भारतमा रहेका सबैको बारेमा सोचिरहेको छु र यो भाइरस चाँडोभन्दा चाँडो काबुमा आओस् भनेर कामना गरिरहेको छु। फेसबुकले युनिसेफसँग मिलेर काम गरिरहेको छ।’

महामारी नियन्त्रका लागि फेसबुकले पहिले देखि नै विभिन्न कार्यक्रम गरिरहेको छ ।

पछिल्लो समय भारत तिब्र संक्रमणका कारण अत्यन्तै संकटमा परेको छ । भारतमा कोरोना संक्रमण र मृत्यु तीव्र रुपमा बढिरहेको छ।