फेसबुकद्वारा ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्ने घोषणा - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

फेसबुकद्वारा ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्ने घोषणा



फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्दै सिइओ जुकरवर्गले ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान घोषणा गर्नुभएको छ।

फेसबुकले जारी गर्न लागेको हिस्ट्री डिलिट गर्ने नयाँ टूलको नाम ‘क्लियर हिस्ट्री’ हुने बताइएको छ । ‘यो निकै सजिलो हुनेछ, जसको प्रयोगबाट तपाईं आफ्नो फेसबुकको ब्राउजिङ हिस्ट्री डिलिट गर्न सक्नुहुनेछ ।

जस्तो कि तपार्इंले कुन लिंक क्लिक गर्नुभयो, कुन वेबसाइट भिजिट गर्नुभयो, के सर्च गर्नुभयो जस्ता जानकारी क्लिएर हिस्ट्री टूलको प्रयोगबाट हटाउन सकिनेछ’ जुकरवर्गले भन्नुभयो । केही समययता फेसबुकमाथि प्रयोगकर्ताको डाटा चोरी र बेचेको आरोप लाग्ने गरेको छ ।

प्रयोगकर्ताका निजी डाटा राजनीतिक लाभका लागि क्याम्ब्रिज एनालिटिका नामक कम्पनीलाई बेचेको आरोप फेसबुकमाथि लाग्दै आएको छ । यस कुराको सम्बोधन गर्न फेसबुकले यो टूल ल्याएको हुन सक्ने बताइएको छ ।,