फेसबुकले ल्यायो नयाँ फिचर - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

फेसबुकले ल्यायो नयाँ फिचर



संसारको सबैभन्दा ठुलो सञ्जाल भएको सोसल नेटवर्किङ साइट फेसबुकले एउटा नयाँ फिचर ल्याउँदैछ, जुन फिचरबाट तपाइँले आफ्ना साथीको साथीसँग पनि मित्रता गर्न सक्नुहुनेछ ।

रिपोर्ट अनुसार यो फिचरले फेसबुक प्रयोगकर्ताहरुलाई गेट टू नो फ्रेन्ड नामक बटन उपलब्ध गराउनेछ । उक्त बटनमा थिचिसकेपछि प्रयोगकर्ताका लागि फेसबुक साथी बन्न सक्ने अनेक सम्भावित व्यक्तिहरुको सूचि प्राप्त हुनेछ । यसमा केवल सम्भावित साथीहरुको सूचि मात्र होइन की दुबैजनालाई मनपर्ने कार्यक्रम, दुबैजनाले लाइक गरेका पेजहरु, बस्ने ठाउँ, काम गर्ने ठाउँ जस्ता जानकारी पनि प्राप्त हुनेछन् ।

फेसबुकले एक अर्को फिचरको पनि परीक्षण गरिरहेको छ, जसले मेसेन्जर एपसँग काम गर्नेछ । यसले प्रयोगकर्तालाई एकअर्कासँग भेट गर्नका लागि समय तय गर्न अह्राउनेछ ।

यो वर्षको सुरुवातमा फेसबुकले डिस्कभर पिपल नामक फिचर पनि सुरु गरेको थियो । जसले प्रयोगकर्तालाई ग्रुप तथा इभेन्ट्सको माध्यमबाट नयाँ साथी बनाउनमा सहयोग गर्दछ । एजेन्सीको सहयोगमा