चुनावी खर्चको होडबाजी : हेर्नुस् के-केमा कति खर्च गर्छन् ? - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

चुनावी खर्चको होडबाजी : हेर्नुस् के-केमा कति खर्च गर्छन् ?



काठमाडौं-

पर्सा १ का एमाले उम्मेदवार विचारी यादव बुधबार मालपोतबाट जग्गाको नक्सा निकालिरहेका थिए । वीरगन्ज महानगरपालिकाको ३ कट्ठा घडेरी बैनाबट्टा गर्न किन्ने पक्ष कुरिरहेका थिए ।

‘चुनाव खर्च भएन,’ उनले कान्तिपुरसँग भने, ‘त्यही भएर जग्गा बेच्न लागेको । समयअनुसार निर्वाचन खर्च बढेको छ । अत्यन्त कम गर्दा पनि ५० लाख त लाग्छ ।’ उनले प्रतिकट्ठा २० लाख रुपैयाँका दरले जग्गा बेच्ने तय गरेको बताए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि २५ लाख रुपैयाँ खर्च सीमा तोकेको छ । ‘पछि कठघरामै उभ्याए पनि म त नढाँटी भन्छु, ५० लाख त लाग्छ–लाग्छ,’ उनले भने, ‘आयोगले तोकेजतिले पुग्दै पुग्दैन ।

उनको प्रतिस्पर्धा कांग्रेसका उम्मेदवार धनाढ्य व्यापारी अनील रुंगटा र संघीय समाजवादी फोरमका प्रदीप यादवसँग हुँदैछ । प्रदीपको पनि आर्थिक अवस्था विचारीको भन्दा निकै मजबुत छ ।

आफूले आयोगको दायरा ननाघ्ने दाबी गरे पनि संघीय फोरम उम्मेदवार यादवले निर्वाचन खर्च अत्यधिक बढेको स्विकारे । विज्ञहरूका अनुसार मतदातालाई प्रभाव पार्नसमेत अन्तिम घडीमा उम्मेदवारको ठूलै राशि खर्च हुन्छ ।

त्यो खर्च आफूले कुनै हालतमा नगर्ने दाबी गर्ने यादवलाई सोधियो, ‘अरूले त्यत्रो खर्च गरेर जित्न लागे भने के गर्नुहुन्छ ?’ उनले भने, ‘म कति सक्छु, नगर्ने प्रयास गर्दैछु ।’

कांग्रेस उम्मेदवार रुंगटाले भने आयोगको सीमाभित्रै खर्च गर्ने दाबी गरे । ‘दायराभित्र बस्न सक्नु लोकतन्त्रको सुन्दरता हो । अनैतिक प्रक्रियामा गए लोकतन्त्रमाथि अदृश्य प्रहार हुनेछ,’

उनले भने, ‘मसँग धेरै पैसा छ भन्दैमा जति पायो त्यति खर्च गर्छ भन्ने नठाने हुन्छ । बढी खर्च गरेरभन्दा भावना जितेर, कार्यक्रम देखाएर र आफ्नो योग्यता प्रदर्शन गरेर जितिन्छ भन्ने मलाई थाहा छ । म दायरा नाघ्दिनँ र अरूले नाघे निगरानी गर्छु ।’ यो खबर आजको कान्तिपुरमा छ,