मकाउमा एभरेष्ट हाईकिङ कार्यक्रम भव्यताको साथ सम्पन्न। - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

मकाउमा एभरेष्ट हाईकिङ कार्यक्रम भव्यताको साथ सम्पन्न।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

सन् १९५३ मे २९ तारिखमा विश्वकै सर्वोच्च शिखर सगरमाथामा नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक पाइला टेकेका थिए सोही दिनलाई संसार भरी छरिएर रहेका नेपालीहरूले खुसीयालीको रूपमा मे २९ लाई सगरमाथा दिवसको रूपमा मनाउँदै आएका छन्।मे २९ तारीकका दिन सगरमाथामा मानवले पाइला टेकेको दिनको स्मरणमा र पर्यटन प्रबर्धन र विकासका लागि नेपाली महाबाणिज्य दूतावास हंगकंग र गैर आवासीय नेपाली सङ्घ मकाउको संयुक्त आयोजना तमु समाज मकाउको व्यवस्थापन र मकाउमा भएका विभिन्न जातीय,सामाजिक,राजनैतिक एवं व्यावसायिक सङ्घ सस्थाहरुको सहयोगमा मिति २०१८/६/१ तारीकका दिन मकाउमा पहिलो पटक एतिहासिक रूपमा “एभरेष्ट हाईकिङ कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।कलोनको पाण्डे पार्कबाट सुरु भएको हाईकिङ आमा ट्याम्पल हुँदै हाक्साबीचमा गएर सकिएको थियो।

उक्त कार्यक्रममा नेपाली महाबाणिज्य दूतावास हंगकंगका महाबाणिज्य दूत कमल प्रसाद भट्टराई,विदेशी कूटनीतिक नियोगका प्रमुखहरू,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् हंगकंगका अध्यक्ष टिका गुरुङ र उहाँको टिम,गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् मकाउका अध्यक्ष शान्ति देवी अधिकारी र उहाँको टिम,नेपाली जनसम्पर्क समिति मकाउका सभापति लेख बहादुर गुरुङ र उहाँको टिम,अन्तर्राष्ट्रिय नेपाली समाज मकाउका संयोजक प्रजुन अधिकारी,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र गुरुङ,ब्रदर हुड एसोसिएसनका अफ मकाउ नेपालका अध्यक्ष बम लिम्बु,शेर्पा समाज मकाउका अध्यक्ष याङ् ग्याल्जेन शेर्पा,किराँत राई यायोख्या मकाउका अध्यक्ष भीम कुमार राई,नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ,प्रवासी नेपाली मंञ्च मकाउका वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर अधिकारी,नेपाल एअरलाईन्सका प्रतिनिधिहरू,पत्रकारहरू लगायत मकाउमा कार्यरत रहेका नेपालीहरूले बाक्लो सहभागिता जनाएका थिए।