प्रचण्डसँग कुनै सहमति भएको छैन: देउवा - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

प्रचण्डसँग कुनै सहमति भएको छैन: देउवा



काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमसीसीबारे कुनै सहमति नभएको बताएका छन् ।

उनले एमसीसीलाई संसद्‌बाट संकल्प प्रस्तावमार्फत् पारित गर्न प्रचण्डसँग कुनैपनि सहमति नभएको देउवाले स्पष्टिकरण दिएका छन्।

उनले भने, ‘ठूलो अनुदान रकम हो। ब्याज/स्याज पनि छैन। तिर्नुपर्ने पनि छैन। सित्तै दिएको हो नेपाललाई, ‘अनेक किसिमको भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेको छ, काहीँ के भनेको छ। अमेरिकी सेना आउन नेपालले दिन्छ?’

एमसीसी पारित नभए आफूलाई अप्ठ्यारो पर्ने अभिव्यक्ति कहिँ नदिएको उनले प्रष्टाए। प्रधानमन्त्रीहरू बाबुराम भट्टराई हुँदै सुशील कोइरालासम्म आइपुगेपछि एमसीसीको सम्झौता गर्न आफ्नो समयमा अर्थमन्त्रीलाई अमेरिका पठाएको देउवाले बताए।