एउटै लाम्टा चुसेको दाजुले मलाई घरमै बलात्कार गर्‍यो - Himal Post Himal Post
  • १४ फाल्गुन २०८१, बुधबार
  •      Wed Feb 26 2025
Logo

एउटै लाम्टा चुसेको दाजुले मलाई घरमै बलात्कार गर्‍यो



प्रेम सुनार/गुल्मी। यो दुनियामा अझै पनि कतिपय मानवरुपी दानवहरु रहेका छन् । तिनै कलंकित दानवहरुका कर्तुत फर्दाफास गदै आएका छौं । तर आज प्रस्तुत गर्न सुरु गरिएको त्यस्तै एउटा मानवरुपी दानवको कुर्तत भने सुनाउन पनि हामीलाई अफ्ठ्यारो लागेको छ ।

यद्यपी हरेक विषयको भण्डारफोर गर्दै समाजमा चेतना र जागरण छर्ने हाम्रो अभियानमा आज हामी यस्तो एउटा लज्जास्पद विषय पनि पस्कीन बाध्य भएका छौं । यदि जुन कुनै मानिसमा मानवता छ भने कोही कसैले कल्पना गर्न सक्ला ? आफ्नै सहोदर वहिनीसंग यौन सम्वन्ध राख्ने कुचेष्टा ? त्यो पनि जबरजस्ती? बलात्कारको रुपमा? यो कल्पना कोही कसै दाजुले गर्न सकिदैन् ।

यदि कसैले त्यस्तो कल्पना गर्छ भने त्यो दानव वा पशु त्यसमा पनि सुँगुर नै हो । त्यस्तै एउटा मानव रुपी सुंगुरले सुन्दै जिव्रो टोक्नु पर्ने कुकर्म गरेको छ त्यो हो श्रद्धा र स्नेहकी खानी आफ्नी प्यारी वहिनीलाई वलात्कार ।

हिजो बुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीमा आफ्नै दाजुबाट वलात्कृत उनै अभागी वहिनीले त्यस दाजु रुपी राक्षसले आफुलाई वलात्कार गरेको मुद्धा दायर गरेकी छन् । यहि चैत्र १२ गते दिउँसो ३ वजेर १५ मिनेटको समयमा गुल्मीकै धुर्कोट गाउँपालिका वडा नम्वर ५, वस्तु स्थित घरमा वसेकी १६ वर्षिया वहिनीलाई माईलो दाजुले घरमै वलात्कार गरेको ति वहिनीले बताईन् ।

प्रहरीले उनिहरु एउटै वावु आमाका सहोदर दाजु वहिनी भएकोले ति किशोरी समेतको हुलिया खुल्ने भएकोले त्यस वहिनी वलात्कारीको नाम समेत गोप्य राखेको छ । २८ वर्षिय नरपिचास त्यस दाजु गत १५ वर्ष देखि गुल्मीमै डोजर अपरेटरको काम गर्दै आएको थियो ।

पीडित वहिनीका अनुसार उनि माथी त्यस अघि पनि उसले दुई पटक वलात्कारको प्रयास गरेको थियो । अस्लील अंगहरु सुमसुमाउने देखि धेरै पटक जिस्काउने गरेको थियो । दुई पटक त वलात्कारको प्रयास गरेको थियो उनि भागेर वचेकी थिईन । तर चैत्र १२ गते दिउँसो वच्न सकिन्न ।

उसको राक्षसी आत्माशान्तिको पहिलो प्रयासमा उनले कुईनोले हानिन र उसको गिद्ध नङ्गााबाट फुस्केर भाग्दै भित्र गईन, फेरी ढाल्ने कोशिस गर्यो । उनि घोप्टो परेर आफ्नो अस्मीता रक्षाको लाखौं प्रयास गरिन । त्यही घोप्टो परेको वेलामा उसले पछाडी हुँदै गिद्धले सिनो लुछे झै वहिनीको अस्मीता लुछ्यो ।

यति वेला निज दाजु रुपी गिद्धलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । निजलाई हिजै अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

हामी जिल्ला प्रहरी कार्यालयमा पुग्दा वलात्कृत ति किशोरी कारुणीक अवस्थामा थिईन । ओठ मुख सुकेको थियो । तम्घासको सुविधा सम्पन्न एक वोर्डिङ्गमा स्कुलमा कक्षा ९ मा पढ्ने उनि केहि दिन अघि विरामी परेर घरमा गएकी थिईन् ।

उनले गला अवरुद्ध पार्दै आफ्नै दाजुबाट लुटिएको पिडा यसरी सुनाईन, ‘एउटै आमाको एउटै दुधको लाम्टा चुसेर हुर्केका हौं । त्यस्तो कल्पना समेत कुनै वहिनी र दाजुले गर्न सक्दैनन । जुन कल्पना भन्दा वाहिरको कुरा गर्यो मेरो माईलो दाजुले । म एउटी शिक्षित र सजग केटीका नाताले सहेर बस्न सकिन र मेरो ठुलो दाजुको सहयोगमा जाहेरी दिन आएको छु ।”

“मेरो यस घटनाले अव कोही कसैमा विश्वास भन्ने कुरा रहेन । विश्वास छ भने आफैमा निहित छ अव अरु कसै कसैमा रहेन भन्ने महुस गरेकी छु”, उनले दोहराउँदै यस्तो कुरा बताईन ।

उनले निन्नाउरो अनुहार लगाउँदै थपिन, ‘निकै सुन्दर भविस्यको कामना गरेकी थिएँ, धेरै पढेर के के न गरुला भनेकी थिएँ तर आफ्नै दाजुले अस्मीता मात्र होईन मेरो भविस्य समेत खोस्यो ।”
उनको स्वास्थ्य अवस्थाका वारेमा जिल्ला अस्पतालको सुचना अधिकृत डाक्टर सुरेन्द्र रायमाझीसंग सम्पर्क राख्दा उनि स्वास्थ्य उपचारका क्राममा दुई चोटी बोहोस भएको बताए । उनको स्तनमा समेत दाँतले टोकेको निला डामहरु थिए । थप परिक्षणका लागि काठमाण्डौ पठाईएको उनले जानकारी गराए ।

जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले यस घटनाको उच्चारण गर्न पनि मन नलागेको बताए । उनले आफ्नो लामो प्रहरी सेवा अवधीमा यो यस्तो लज्जीत घटना पहिलो भएको बताउँछन् ।

दाजु रुपी राक्षस प्रहरी कस्टडीको झ्यालबाट पिर्लिपर्लि वाहिर चिहाउन खोज्छ । उसलाई अझै पनि वाहिर संसारमा अनुहार देखाउन लाज लागेको छैन । लाज-शरम पचेको त्यस दानव नरपिचासलाई के थाहा कुन वहिनी कुन दिदी र आमा भन्ने कुरा ।

यस्ता नरपिचासलाई कडा भन्दा कडा कार्वाही हुनु पर्ने सर्वत्रले माग गरेका छन् । गुल्मीमा सहोदर दाजुले वहिनी वलात्कार गरेको यो सम्भवतः पहिलो घटना हो । उनि त्यस घरकी कान्छि छोरी हुन् । वलात्कार घटनामा कतिपय पुरुषहरु बचाउको प्रयासका लागि निकै ढाँट छल गर्ने गरेका छन । केहि वर्ष अघि एक जना वलात्कार अभियोगीले धेरै दिन सम्म ढाँट्यो । लाष्टमा भन्यो गर्न त गरेको हुँ तर ढाल लगाएर ।