एउटै डोरीमा भुन्डिएर दुई प्रेमीद्वारा आत्महत्या ! - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

एउटै डोरीमा भुन्डिएर दुई प्रेमीद्वारा आत्महत्या !



सिन्धुलीपाल्चोक । जिल्लाको मेलम्च नगरपालिका सिन्धुकोटको जंगलमा दुई प्रेमीले आत्महत्या गरेका छन् । जाजरकोट छेडागाडा नगरपालिका १३ कार्कीगाउँका २३ बर्षका चन्द्रसिंह ठकुरी र मेलम्ची नगर तालामाराङकी १५ बर्षीया फुलमाया तामाङ कटुसको रुखमा एउटै डोरीमा भुन्डिएको अवस्थामा आईतबार फेला परेका हुन् ।

७ महिनाअघि जाजरकोटबाट मेलम्ची नगरपालिकाको मानेभञ्ज्यामा आवास निर्माणका लागि आएका ठकुरीसहित साउन ७ गते तालामाराङ गाउँका दुइ जोडी युवायुवती एकै पटक हराएका थिए । कान्तिपुरमा खबर छ ।

हराएका युवतीध्ये फुलमाया ठकुरीसँगै झुन्डिएको अवस्थामा फेला परेकी हुन् । अर्की १५ बर्षीया युवती र युवक २५ बर्षीय अमृत रोकाय भने हराएकै दिन राति आफै घर फर्किएका थिए । साङ्केतिक तस्बिर :