यूरोपियन यूनियनका नेताहरुबीच विवाद - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यूरोपियन यूनियनका नेताहरुबीच विवाद



एजेन्सी | यूरोपियन यूनियनका नेताहरुबीच प्रवासीका विषयमा भएको नयाँ सम्झौतालाई लिएर गहिरो विवाद देखिएको छ ।

सम्झौताका अनुसार प्रवासीलाई राख्नका लागि सुरक्षिक केन्द्र स्थापित गर्ने विषयमा सहमति छ ।

तर फ्रान्सको भनाई छ कि उसले यस्तो कुनै केन्द्र बनाउने छैन्, उ यूरोपको यस्तो देश होइन जहाँ प्रवासी सवैभन्दा पहिला पुग्छन् ।

यस विषयमा इटलीको भनाई छ कि यस्तो केन्द्र यूरोपियन यूनियनवीच जहाँ पनि बनाउन सकिन्छ ।

यूरोपियन यूनियनका अध्यक्ष डोनल्ड टस्कले चेतावनी दिएका छन कि यो सम्झौता लागु गर्न कठिनाई हुनेछ ।

यसै गरी जर्मन चान्सलर एंगेला मर्केलले यो अगाडि बढने दिशामा एक महत्वपूर्ण कदम भएको तर मतभेद दूर गर्नका लागि अरु धेरै गर्न वाँकी रहेको बताएकी छिन् ।

यो सम्झौता जर्मन चान्सलर एंगेला मर्केलका लागि महत्वपूर्ण छ, किनभने उने आफ्नो देशमा यो मुद्दामा राजनीतिक विरोधको सामना गर्नुपरेको छ ।

-फाइल फोटो