इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा



एजेन्सी – इंग्ल्याण्ड महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ । नर्वेलाई ३–० ले हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।

हाभ्रेमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई जित दिलाउनका लागि जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले एक–एक गोल गरे ।

उत्कृष्ट खेल प्रदर्शन गरेको इंग्ल्याण्डले खेलको तेस्रो मिनेटमै स्कटको गोलमार्फत अग्रता लियो । ब्रन्जको पासमा स्कटले गोल गरेकी थिइन् । ४०औं मिनेटमा एलेन ह्वाइटले गोल गर्दै पहिलो हाफअघि इंग्ल्याण्डलाई २–० को अग्रता दिलाइन् । ५७औं मिनेटमा ब्रन्जले गोल गरेपछि इंग्ल्याण्डले ३–० को अग्रता लियो ।

८३औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर, निकिता पेरिसको प्रहार नर्वेकी गोलकिपरले बचाएपछि इंग्ल्याण्ड ३–० ले विजयी भयो । सेमिफाइनलमा इंग्ल्याण्डले फ्रान्स र अमेरिकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।