अमेरिकाले थप्यो २ लाख २५ हजार रोजगारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अमेरिकाले थप्यो २ लाख २५ हजार रोजगारी



वाशिङटन डीसी- गत जनवरीमा अमेरिकाको रोजगारीमा अपेक्षा गरिएभन्दा सुधार देखिएको छ । अमेरिकाको श्रम मन्त्रालयले गत महीना २ लाख २५ हजार रोजगारी थप भएको तथ्यांक सार्वजनिक गरेको हो ।

सो अवधिमा अमेरिकाको तलब वृद्धि वार्षिक ३ दशमलव १ प्रतिशत थियो । निर्माण कम्पनीले कर्मचारी थपेको कारण जनवरीमा रोजगारी क्षेत्रमा सुधार आएको हो ।

तर, अमेरिकाको बेरोजगारी भने ३ दशमलव ६ प्रतिशतमा पुगेको छ । धेरै अमेरिकी कामको खोजीमा रहेकाले बेरोजगारीको संख्या बढी देखिएको हो ।

अमेरिकाको आर्थिक वृद्धिदर यस वर्ष २ दशमलव १ प्रतिशत रहने अनुमान छ । तर, पछिल्लो समय श्रम बजारमा देखिएको सुधारले अमेरिकाको अर्थतन्त्रमा थप सुधार आउनसक्ने अपेक्षा छ ।

उपभोक्ताको मनोबलमा भने उल्लेख्य सुधार आएको छ । यसले व्यक्तिगत रूपमा आर्थिक हिसाबमा सहयोग पुग्ने अपेक्षा छ । व्यापारिक तनाव र विश्वव्यापी आर्थिक सुस्तीले नकारात्मक असरको जोखीम भने बाँकी नै छ ।

अर्थशास्त्रीहरूले अमेरिकी केन्द्रीय बैंकले गत वर्ष गरेको व्याजदरमा कटौतीको निर्णयले अर्थतन्त्रमा सकारात्मक असर पारेको बताएका छन् ।

तर, आगामी केही महीनामा भने यो असर कम हुँदै जाने उनीहरूको भनाइ छ । यसअघि आकलन गरिएको भन्दा सन् २०१८ को अप्रिलदेखि २०१९ को मार्चको बीचमा ५ लाख १४ हजार रोजगारीको संख्यामा कमी आएको पाइएको छ । एजेन्सी