एम्नेस्टी इन्टरनेशनल नेपालको १२ औं साधारण सभा सम्पन्न  - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

एम्नेस्टी इन्टरनेशनल नेपालको १२ औं साधारण सभा सम्पन्न 



लिला जङ्ग शाही / टिकापुर ।

“पुर्ण मानव अधिकारको प्रत्याभूतिका लागि दन्डहिनताको अन्त्य” भन्ने मुल नारा सहित एम्नेस्टी इन्टरनेशनल नेपाल (८९) शाखा टिकापुरको १२ औं साधारण सभा मंगलबार टिकापुरमा सम्पन्न भएको छ।

संस्थाका संयोजक कुम्भराज बडुवालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टिकापुर नगरपालिकाका मेयर तपेन्द्र रावल रहनुभएको थियो ।
संस्थाका उप संयोजक दुर्गा रावलको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रममा एम्नेस्टी इन्टरनेशनल नेपालका केन्द्रिय सदस्य यशोधा उपाध्याय  ,केन्द्रिय सदस्य कर्ण कुवर, टिकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख केसर कुवर, , संस्थाका सल्लाहकार बद्री लम्साल लगाएतकाले सुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको संचालन सचीव प्रमानन्द पाण्डेले गर्नुभएको थियो।