एमाले नेताको हृदयघातबाट निधन
रोल्पा। नेकपा (एमाले) रोल्पाका नेताको निधन भएको छ । रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको हो।
हृदयघात भएपछि उपचारमा लैजाने क्रममा उनको निधन भएको हो । ४७ बर्षीय रोकालाई बुधबार हृदयघात भएको बताइएको छ ।
उनी रोल्पाको त्रिवेणी गाउँपालिका–२ नुवागाउँ निवासी हुन् । रोकाको निधनबाट पार्टीले रोल्पामा एक जिम्मेवार नेता गुमाएको एमाले केन्द्रीय कार्यालयले उल्लेख गरेको छ ।