सर्लाहीका माओवादी नेताहरू सर्लक्कै एमालेमा
काठमाडौँ– नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा जानेहरूको संख्या बढ्न थालेको छ । केहिदिन यता माओवादी परित्याग गरेर नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरिरहेका छन् ।
यस्तैमा माओवादी परित्याग गरी सर्लाहीका स्थानीय नेताहरू नेकपा एमाले प्रवेश गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।
एमालेको केन्द्रीय कार्यालय थापाथलीमा बुधबार एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले उनीहरूलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।