एमालेले तोड्यो गठबन्धनको घेराबन्दी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

एमालेले तोड्यो गठबन्धनको घेराबन्दी



विराटनगर – राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले गठबन्धनको घेराबन्दी तोड्न सफल भएको छ।

१९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा पाँच दलीय गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे पनि प्रदेश १ मा भने अल्पसंख्यकको कोटाबाट सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन्।

सत्ता गठबन्धनलाई पराजित गर्दै शेर्पाले ४७३४ मतभार ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेद्वार हेमराज राईले ४३६८ मतभार पाए। उनी जसपाको तर्फबाट उम्मेद्वार थिए।