एमालेले हारेपछि अध्यक्षले दिए राजीनामा - Himal Post Himal Post
  • २८ पुष २०८२, सोमबार
  •      Mon Jan 12 2026
Logo

एमालेले हारेपछि अध्यक्षले दिए राजीनामा



काठमाडौं- सबै वडामा एमाले हारेपछि खोटाङमा गाउँपालिका कमिटी अध्यक्षले राजीनामा दिएका छन् ।

खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिका २ डाँडागाउँमा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका हुन् ।

आफ्नो वडामा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् ।