एमालेको नेतृत्व अब युवाले लिनु पर्छ:खनाल - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एमालेको नेतृत्व अब युवाले लिनु पर्छ:खनाल



काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ ।

अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई यहाँ आज सम्बोधन गर्दै उहाँले समय परिस्थितिअनुसार संविधानलाई परिष्कृत गर्दै लैजाने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपालको सीमांकन अझै नटुंगिएकामा दुःख व्यक्त गर्दै भन्नुभयो, “सन्धि सम्झौताले हाम्रो यो सिमाना भन्न सक्छौँ । तर अझै पनि सुस्ता र कालापानीजस्ता धेरै ठाउँमा सीमा विवाद छ”, उहाँले भन्नुभयो, “अब ती सिमाना कूटनीतिक रूपमा समाधान गर्नुपर्छ ।”

उहाँले विश्वसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने तथा भारत र चीनको सहयोगमा अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । एमालेमा पुस्तान्तरणको आवश्यक परेकाले युवाले नेतृत्व लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पोलिटब्यूरो सदस्य विन्दा पाण्डेले ‘महिला आन्दोलन’ र बुद्धिजीवी खगेन्द्र प्रसाईंले ‘आजको सन्दर्भमा मार्क्सवादको आवश्यकता’ विषयमा प्रशिक्षण दिनुभएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी दिनुभयो ।