एमालेको अगाडी लम्पसार पर्नुभन्दा विप्लव सङ्ग मिलेर हतियार उठाउँछौ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमालेको अगाडी लम्पसार पर्नुभन्दा विप्लव सङ्ग मिलेर हतियार उठाउँछौ



 – माईकल क्षेत्री

संघ  र प्रदेशको चुनाव अगावै पार्टी एकीकरण गर्ने भनेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेर अगाडी बढे । बाम गठबन्धन बनाएर चुनावमा जाँदा सजिलै बहुमत प्राप्त भयो र नेपाली जनताले एमाले र माओवादीलाई पार्टी एकताको कठघरामा उभ्याउन सफल भए  तर चुनावमा ठुलो पार्टी बन्दा पछिल्लो चरणमा एमालेमा दम्ब बढ्दै गैरहेको छ।

माओवादी कार्यकर्ताहरूलाई एकताको बाटोबाट पन्छाएर बहिरिन बाध्य पारिन खोजिँदै छ । यदि यस्तै अवस्था रहिरहे आफूहरू एमालेको अगाडी लम्पसार पर्न सकिदैन  बरु विप्लव सङ मिलेर एकीकृत जनक्रान्तीको बाटोमा लामबद्द हुनसक्ने सम्भावना बढ्दो छ ।

हामी  अपमानित हुनभन्दा बरु लड्दा लड्दै खरानी हुन तयारी छौ।माओवादी दसबर्से जनयुद्ध गरेसंगै अखिल ( क्रान्तिकारी ) बझाङ जिल्ला भूतपूर्व उपाध्यक्ष तथा तत्कालीन एकीकृत माओवादीबाट जिल्ला सदस्य  हुदै गर्दा  प्रवासी जीवन जिउन बाध्य भए । प्रवासमा  पनि म  राजनीति भन्दा बाहिर गईन ,विभिन्न जिम्मेवारीमा बसेर मैले आफ्नो  भूमिका निर्वाह गरे ।

नयाँ शक्ति नेपालको  केन्द्रीय युवा संयोजक भएर भारतभरि सङ्गठन बिस्तार गरे  तर नयाँ शक्ति नबनाउने नचाहने शक्तिले मलाई असहज परिस्थिति बनाउँदा म  देबेन्द्र पौडेल सङ माओवादी केन्द्रमै   एकतामा गए ।अहिले यहाँ सबैबाट धोका भएको छ । एकतामा ल्याउन आनाकानी गरिरहँदा झन् एमालेमा जानै सकिँदैन बरु स्वाभिमान  लडाई लड्छौ तर माओवादी केन्द्र सङै एमालेको सती जान सक्दैनौ  ।

पछिल्लो समयमा एमालेमा दम्भ बढ्नु नै मूल कारण हो ।कतै  एमालेले माओवादीका  कार्यकर्ता देख्ने नहुने ,कैले ६० -४० प्रतिसतको कुरा गर्ने ,कहिले जनयुद्धको नाम मेटाउन   तल्लिन हुने यस्ता कुकृत कार्यले थप एकतामा अन्योल भएको छ ।यदि   यी कार्य बढ्दै गए हामी पनि  विप्लव सङ्ग मिलेर हतियार उठाउँन पछी पर्ने छैनौ ।