एमालेकै युवाले जलाए प्रधानमन्त्री ओलीको पुत्ला - Himal Post Himal Post
  • १२ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 24 2026
Logo

एमालेकै युवाले जलाए प्रधानमन्त्री ओलीको पुत्ला



काठमाडौं- प्रधानमन्त्री केपी ओलीको पुत्ला उनकै पार्टीका युवाहरूले जलाएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल कैलालीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेको हो।

प्रधानमन्त्री ओलीले व्यक्तिगत स्वार्थका लागि पार्टीका नेता भीम रावलमाथि कारबाही गरेको भन्दै युवा संघ नेपालले धनगढीमा ओलीको पुतला दहन गरेको हो।

युवा संघ नेपालका नेताले ओलीले अवैधानिक तरिकाले नेता माधव नेपाल र भीम रावलमाथि कारबाही गरेको भन्दै विरोधमा पुतला दहन गरिएको बताएका छन् ।

ओलीले नेताद्वय नेपाल र रावललाई जनभावना विपरीत कारबाही गरेकाले त्यसको विरोधमा पुत्ला दहन गरेको युवाहरूले बताएका छन् । पुतला दहनपश्चात् युवा संघका नेता तथा कार्यकर्ताले केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।