यसरी गर्दैछ एमालेले महानगर र उपमहानगरका उम्मेदवार चयन - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

यसरी गर्दैछ एमालेले महानगर र उपमहानगरका उम्मेदवार चयन



स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार चयन गर्न नेकपा (एमाले) सचिवालय बैठक बस्न लागेको छ।

स्थानीय चुनावका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवार एमाले केन्द्रले तय गर्ने व्यवस्था छ। त्यसैअनुसार, मेयर र उपमेयरको उम्मेदवार छान्न एमाले केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो।

आज अपराह्न ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको विनास बालकोटमा बैठक बस्ने भएको छ। यसअघि वैशाख ८ गते बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारबारे सामान्य छलफल गरेको थियो।

एमालेको प्रदेश कमिटीले महानगरको मेयर र उपमेयरको उम्मेदवारको सिफारिश गरिसकेको छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ। त्यसैले आज उम्मेदवार तय गर्न एमालेको सचिवाल बैठक बोलाइएको हो।