एमालेसँग पनि तालमेल गर्न सक्छौं : प्रचण्ड - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

एमालेसँग पनि तालमेल गर्न सक्छौं : प्रचण्ड



धनगढी ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका छन् ।

प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, “प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरूले थाहा पाइसक्नु्भएको छ ।”

अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उनले भने, “अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।”

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पारे ।

नीतिगत रूपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उनले बताए । एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मङ्सिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरे । रासस