कोरोनाले लग्यो एमालेका पूर्वसांसद बस्नेतको ज्यान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कोरोनाले लग्यो एमालेका पूर्वसांसद बस्नेतको ज्यान



काठमाडौं- कोरोना संक्रमणले नेकपा एमालेका पूर्वसांसद नरेन्द्र बस्नेतको ज्यान गएको छ । सोमबार बिहान ४ बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको निधन भएको हो ।

भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका ७० वर्षीय पूर्वसांसद बस्नेत मोरङको खोर्सानेमा बस्दै आएका थिए । बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको बताइएको छ ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए । खोर्सानेमा उनी विभिन्न सहकारी लगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाज सेवामा सक्रिय थिए ।