एमाले सांसदले घेरे सभामुख सापकोटाको कार्यकक्ष
काठमाडौं- पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटालाइ दवाव दिएका छन् ।
एमालेका सांसदहरूले सिंहदरबारस्थित सभामुखको कार्यकक्ष घेराउ समेत गरेका थिए । सांसदहरु सभामुखको कार्यकक्ष पुगेर कारबाही प्रक्रिया अघि बढाउन दिएका हुन्। माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिएको एमाले नेताले बताएका छन् ।
सांसदहरू गोकुल बाँस्कोटासहित खगराज अधिकारी, लालबाबु पण्डित, शान्ता चौधरी, थममाया थापा, निरु पाल, राजेन्द्र गौतम, कृष्ण पोखरेललगायतले सभामुखलाई दवाव दिएका थिए ।
बिहीबार पनि एमालेले सभामुख सापकोटालाई एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए ।
एमाले अध्यक्ष ओलीले विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सभामुख सापकोटालाई न्यायाधीश वा माओवादीजस्तो ‘नपल्टिन’ चेतावनी दिँदै १४ जनामाथिको कारवाहीको सूचना तत्काल नटाँसिए संसद चलाउन नदिने बताएका थिए ।
एमालेले भदौ १ गते माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।