एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेण्डा
काठमाडौँ- नेकपा एमालेले पार्टीको सचिवालय बैठक बोलाएको छ । एमालेका एक नेताका अनुसार चुनावलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरिएको बताइएको छ । सोमबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेका केन्द्रीय कार्यालयको बैठकले सचिवालयको बैठक बोलाउने निर्नागा गरेको हो ।
सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकमा आएका विचार र एजेण्डाका बिषयमा सचिवालय छलफल हुने बताइएको छ । सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा आजको बैठकमा विभिन्न सुझावहरू आएको एक नेताले बताए ।
ती सुझावहरूका आधारमा बैठकका एजेण्डा तय गरिने र बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने तयारी गरेको बताइएको छ ।
आजको बैठकले स्थानीय तहको निर्वाचन मिति छिटोभन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब पनि दिएको छ ।