एमालेले राप्रपासँग गठबन्धन गर्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

एमालेले राप्रपासँग गठबन्धन गर्ने



काठमाडौं- प्रमुख विपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग सहकार्य गर्ने भएको छ । राष्ट्रियसभा निर्वाचनमा एक्लो बनेपछि एमालेले राप्रपासँग सहकार्य गर्ने भएको हो ।

राष्ट्रियसभा निर्वाचनमा निर्णायक मतभार बोकेको राप्रपाले एमालेसँग सहकार्य गर्ने भएको छ । राप्रपाको कूल मतभार १२० हो । प्रदेश संसदमा १ सांसद र स्थानीय तहमा चार जना जनप्रतिनिधि छन् । चार जनप्रतिनिधिको मतभार ७२ र एक सांसदको मतभार ४८ हो ।

राप्रपालाई सहकार्यको प्रस्ताव भने कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले पनि गरेपनि ओलीले चुनावमा सघाएको गुण तिर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेसँग सहकार्य गर्ने चाहना राखेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा एमाले र राप्रपाको सहकार्य लगभग पक्का भएको राप्रपाका एक नेताले बताए । एमालेसँग सहकार्य गर्न हुने गरी गृहकार्य भइरहेको र आजभोलिमै यो विषय टुंगिने उनले बताए ।

निर्णायक मत राप्रपासँग भएकोले दुवै तर्फबाट प्रस्ताव आएको तर एजेण्डा पनि उस्ताउस्तै जस्तो भएको र फेरि दुई अध्यक्षको घर झापा नै भएकोले सहकार्य गर्ने मनस्थितिमा राप्रपा पुगेको ति नेताले बताए ।

मंगलबार राप्रपाले प्रदेश १ मा अम्बरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको थियो । दुवै जनाले मनोनयन गरिसकेका छन् । तर, राप्रपाले एक जना उम्मेदवारको मनोनयन भने फिर्ता गराउने भएको छ । विष्ट कि प्याकुरेल भन्ने निश्चित छैन ।