प्रधानमन्त्री देउवाको भनाई :एमाले र माओवादीको सहमतिमै प्रदेशप्रमुख तोक्छु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रधानमन्त्री देउवाको भनाई :एमाले र माओवादीको सहमतिमै प्रदेशप्रमुख तोक्छु



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दलको सहमतिमै प्रदेशप्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् ।

‘प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि पनि प्रदेशप्रमुख र केन्द्र तोक्न आवश्यक छ’ राष्ट्रिय एकता दिवसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विहीबार गरेको कार्यक्रममा उनले भने, ‘प्रदेशप्रमुखको काम अगाडि बढिसकेको छ, प्रदेश मुकाम माग्दै विभिन्न ठाउँमा भइरहेको आन्दोलनले अलि अप्ठ्यारो छ, त्यो काम पनि दलहरुको सहमतिमै गर्छु । दुबै काम अब छिट्टै हुन्छ ।’

प्रधानमन्त्री देउवाले मुलुकमा विभिन्न जातजाति, समुदायको भाषा र संस्कृति आ आफ्नै महत्व रहेको उल्लेल गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउन दलबीच सहकार्य आवशइक भएको बताए ।