यसरी गर्दैछ एमालेले आज देशैभर एकसाथ महाधिवेशन प्रतिनिधि चयन - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

यसरी गर्दैछ एमालेले आज देशैभर एकसाथ महाधिवेशन प्रतिनिधि चयन



काठमाडौं : नेकपा (एमाले)ले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो।

संगठित सदस्यताका आधारमा एमालेले प्रतिनिधि छनोट गर्नेछ। यसअघि कतिपय ठाउँमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरिसकिएको छ भने बाँकी रहेका ठाउँमा आज पनि सर्वसम्मत रुपमै प्रतिनिधि छनोट गरिने बताइएको छ। एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जनाप्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ। यो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जनाप्रतिनिधि चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनु पर्नेछ।

यस्तै, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जनाप्रतिनिधि, यस संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना निर्वाचित हुने मापदण्ड बनाइएको छ। एमाले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुँदैछ।