अध्यादेश ल्याए सरकारको प्रतिकार गर्ने एमालेको निर्णय - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अध्यादेश ल्याए सरकारको प्रतिकार गर्ने एमालेको निर्णय



काठमाडौं- नेकपा एमालेले सरकारले दल विभाजनलाई सहज हुने गरि ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रने चेतावनी दिएको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेश ल्याएको खण्डमा प्रतिकार गरिने एमालेले बताएको छ ।

छलफलमा सहभागी एक नेताका अनुसार सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।