अध्यादेश ल्याए सरकारको प्रतिकार गर्ने एमालेको निर्णय
काठमाडौं- नेकपा एमालेले सरकारले दल विभाजनलाई सहज हुने गरि ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रने चेतावनी दिएको छ ।
आज बसेको एमाले स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । अध्यादेश ल्याएको खण्डमा प्रतिकार गरिने एमालेले बताएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार सरकारले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै विरोध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।