सुन चोरी काण्डले दीपक पौडेलको टिकट खोसियो: पोखरामा एमालेले उम्मेदवार फेर्ने - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सुन चोरी काण्डले दीपक पौडेलको टिकट खोसियो: पोखरामा एमालेले उम्मेदवार फेर्ने



काठमाडौं- नेकपा एमालेले पोखराको मेयरमा उम्मेदवार बनाएका दीपक पौडेल सुन चोरीको काण्डमा फसेपछि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब दिएका छन् ।

पौडेलको एउटा विवादस्पद सिसिटिभी फुटेजसमेत बाहिर ल्याइएपछि उम्मेदवार परिवर्तनका लागि दबाब बढेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली दीपक पौडेलबाहेक अन्य उम्मेदवार कसलाई उठाउन सकिन्छ भन्ने परामर्शमा जुटेका छन् ।

एउटा सिसीटिभी फुटेजमा पौडेलले गहना पसलमा चोरी गरेको देखिएको छ । सुन पसलमा किन्दै गर्दा सुन गोजीमा राखेको देखिएको छ ।

मेयरका लागि सबैभन्दा बलिया उम्मेदवार प्रदेशसभा सदस्य कृष्ण थापा भए पनि उनी गुटको शिकार बनेको आरोप छ ।उनको विकल्पमा हालकै उपमेयर मन्जु गुरुङलाई मेयर र रश्मी आचार्य वा दिलिप न्यौपानेमध्ये एकलाई उपमेयर बनाउँदा जित सहज हुने सुझाव कतिपय नेताले दिएका छन् ।

गुरुङले आफू मेयरको पनि दाबेदार नरहेको र उपमेयरमा उम्मेदवार नबन्ने बताइसकेकी छन् । यद्यपि सर्वसम्मत रुपमा पार्टी आग्रह गरे उनी मेयरको उम्मेदवार बन्न तयार छिन् ।

प्रदेश २ लगायत कतिपय प्रदेशका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारकै विषयमा विवाद सल्टाउनु परेकाले पोखराको बारेमा सोमबार बिहान निर्णय गरिने एमालेका एक नेताले जनाए ।

सचिवालय बैठकले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यलाई मेयर र उपमेयरमा हालकै मन्जु गुरुङलाई टिकट दिने निर्णय गरेको थियो । तर, पोखराजस्तो देशको ठूलो र एमालेको राम्रो मतदाता भएको महानगरमा उम्मेदवारी छनौट गर्दा ध्यान नदिइएको भन्दै पार्टीमा असन्तुष्टि छ ।