मौन अवधिमा पैसा बाँढ्ने एमालेका नेता पक्राउ - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

मौन अवधिमा पैसा बाँढ्ने एमालेका नेता पक्राउ



मौन अवधिमा मतदातालाई पैसा बाँढ्ने एमालेका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका बिसीले मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा बुधबार उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बुधबार राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचनापछि प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरीले खानतलासी गर्दा विसीको साथबाट १ लाख १ हजार रुपैयाँ झोलामा राखेको अवस्थामा फेला पारेको जनाएको छ।

नियन्त्रणमा लिएर गुर्भाकोटमै रहेको इलाका प्रहरी कार्यालयमा राखि उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।