एमालेले बनायो १५ सदस्यीय निर्वाचन आयोग - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

एमालेले बनायो १५ सदस्यीय निर्वाचन आयोग



काठमाडौँ – नेकपा एमालेले पार्टीमा नयाँ नेतृत्व चयनका लागि विजय सुब्बाको नेतृत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । उक्त आयोगले आगामी पाँच वर्षसम्म पार्टीका आन्तरिक प्रतिष्पर्धाबाट नेतृत्व चयनमा सहयोगी भूमिका खेल्नेछ ।

आयोगमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विश्वकर्मा र हिमकला गैरे सदस्य छन् ।

प्रतिनिधिसभाका सांसद रहेका सुब्बा यसअघघि पार्टीमा पोलिटब्यूरो सदस्य थिए । नवौं महाधिवेशनले सोमनाथ अधिकारीलाई निर्वाचन आयोगको प्रमुखमा निर्वाचित गरेको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अधिकारीलाई प्रदेश १ को प्रमुखमा नयिुक्त गरेपछि उक्त पद खाली थियो ।

विधान महाधिवेशनबाट पारित गरेको विधान अनुसार आयोगले मंसिरमा बुटबलमा हुने राष्ट्रिय महाधिवेशनमा एमालेको नेतृत्व छनोटका लागि चुनावी प्रक्रिया सञ्चालन गर्नेछ ।