सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, एमाले सहभागि नहुने - Himal Post Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, एमाले सहभागि नहुने



सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दैछ ।

सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बैठक बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीर्कत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेमकिपा सांसद प्रेम सुवाल, जनमोर्चा सांसद दुर्गा पौडेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई बोलाइएको छ । सर्वदलीय बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरू समेत बस्ने बताइएको छ ।

यसअघि सभामुखले बोलाएको बैठकमा सहभागी नभएको एमालेले आजको बैठकमा पनि सहभागी नहुने भएको छ । एमालेका एक नेताका अनुसार सभामुखविरुद्ध एमालेको आन्दोलन जारी रहेकाले पनि उनले बोलाएको बैठकमा एमाले जाँदैन । त्यसमाथि जबरालाई महाभियोग लगाउँदा एमालेसँग छलफल नगरेको कारण सत्तापक्षसँग थप दुरी बढेको उनको भनाई छ ।

एमाले आफैले संसदिय दलको बैठक बोलाएर काउन्टर महाभियोगको तयारी गरिरहेको छ ।