कांग्रेसका भोट काट्न भरतपुर एमाले उम्मेदवारले गरे वीपीको सालिकमा माल्यार्पण
चितवन । कांग्रेसको भोट काट्न नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवार विजय सुवेदीले वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।
आज उम्मेदवार दर्ता गराउनुअघि सुवेदीले एमालेको भरतपुरस्थित पार्टी कार्यालयमा रहेको मदन भण्डारीको सालिक र क्यान्सर अस्पतालमा रहेको वीपी कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् ।
भरतपुर महानगरको प्रमुखमा कांग्रेसले माओवादी उम्मेदवार रेनु दाहाललाई समर्थन गरेको छ ।
कांग्रेसका संस्थापक नेता कोइरालाको सालिकमा माल्यार्पण गरेर सुवेदीले कांग्रेसका मतदाताको ध्यान खिच्ने प्रयासको रणनीतिको रूपमा चर्चा हुन थालेको छ ।