माओवादी खारेज गर्न माग गर्दै एमालेका नेताहरू आयोगमा
काठमाडौं- पूर्वमाओवादीका नेताहरु नेकपा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्वमाओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग जान लागेका हुन् ।
माओवादी केन्द्र आफैँमा अवैधानिक भएको र लामो समयदेखि महाधिवेशनसमेत नभएकाले यस्तो पार्टीले गरेको निर्णय मान्ने नहुने र आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्नुपर्ने माग गर्दै आयोग जान लागिएको नेताहरूले बताएका छन् । यही विषयमा पूर्व माओवादीका नेताहरु सर्वोच्च अदालत पनि जाने तयारी गरेका हुन् ।
माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको थियो ।